रुसले इस्लामिक अतिवादी समुह आइएससँगको तेल कारोवारको रक्षा गर्न टर्कीले आफनो युद्धक विमान खसालेको आरोप लगाएको छ ।
फ्रान्सको राजधानी पेरिसमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा बोल्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीले विमान खसाल्नु महाभूल भएको बताए ।
उनले आइएसले टर्कीको भूभागबाट तेल लगेको सुचना आफुसँग रहेको बताए । आइएस विरुद्धको अमेरिकी नेतृत्व गठबन्धन सेनाको सदस्य रहेको टर्कीले भने आइएससँग आफ्नो कुनै गठबन्धन नभएको दाबी गरेको छ ।
टर्कीले विमान खसालेको विषयमा रुससँग माफी माग्न अस्वीकार गरेको छ । गत हप्ताको उक्त घटनामा एक जना पाइलटको मृत्यु भएको थियो भने अर्का पायलटलाई सिरियाली सेनाले जिवितै उद्धार गरेको थियो ।
टर्कीले आफनो हवाई क्षेत्र उल्लंघन गरेकाले रुसी विमान खसालेको जनाएपछि रुसले भने विमान सिरियाली आकाशमा उडेको दाबी गरेको छ । यस घटनापछि चिसिएको रुस र टर्कीबीचको सम्बन्ध चिसिएको छ भने रुसले टर्की माथि आर्थिक नाकाबन्दीको घोषणा गरेको छ । (एजेन्सी)