बेलायतद्धारा आइएसविरुद्ध सिरियामा हवाइ आक्रमण

बेलायतले इस्लामिक अतिवादी संगठन आइएसविरुद्ध सिरियामा हवाइ आक्रमण शुरु गरेको छ । यस अघि बेलायती संसद्ले आइएसविरुद्ध सिरियामा हवाइ आक्रमण गर्न सरकारलाई अनुमति दिएको छ ।
३ सय ९७ सांसद हवाइ आक्रमणको पक्षमा उभिएका हुन् भने विपक्षमा २ सय २३ सांसदले भोट दिए ।
संसद्मा प्रस्तावको औचित्य पुष्टि गर्दै बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले मध्ययुगीन दानवमाथि आक्रमण गर्नु कानुनसम्मत हुने र यसले बेलायतलाई सुरक्षित राख्ने बताए ।
विपक्षी लेबर पार्टीका नेता जेरमी कोर्बिनले भने युद्धका लागि गरिने तर्क उचित नहेको टिप्पणी गरे ।
यद्यपि, लेबर पार्टीमै घण्टौंको बहसपछि पनि एक मत बन्न नसकेको र थुप्रै वरिष्ठ नेताले सरकारले ल्याएको प्रस्तावका पक्षमा मत दिएका छन् ।
यो स्वीकृतिसँगै अब बेलायतको एअर फोर्सले आइएसविरुद्ध आक्रमण थाल्ने छ । उता अमेरिकी राष्ट्रपति बराक ओबामाले भने बेलायती संसद्ले यो निर्णय लिन नपाउँदै स्वागत गरेका छन् । (एजेन्सी)