अर्घाखाँचीको पाली, सितापुर र मैदानमा एचआईभी परिक्षण, नयाँ एचआईभी संक्रमित सुन्य (फोटो फिचर)

डिल्लीराज घिमिरे
मैदान, अर्घाखाँची । अर्घाखाँची जिल्लामा विभिन्न गाबिस स्तरीय अभियानको रुपमा  प्रेरणा नामक सामाजिक संस्थाको एचआईभी रगत परिक्षण कार्यक्रम संचालन गरिरहेको छ । 


यस मंसिर महिनाको अभियानमा प्रोजेक्ट प्रमुखको रुपमा सामुदायिक कार्यकर्ता कुल वहादुर नेपालीले संचलन गर्नु भएको छ । यस्तै रंगत परिक्षणमा ल्यावको संचालन भरत भट्टराईले गर्नु भएको छ भने अभियानमा साथी शिक्षकको रुपमा जानका रास्कोटी धाँतिवांग र चेत नारायण घिमिरे पटौटीदेखी रहेको कुल वहादुर नेपालीले जानकारी गराउनु भएको छ । 


यस महिनामा गरिएको परिक्षणमा पाली गावीसमा मंसिर १४ गते सितापुरमा मंसिर १५ गते र मैदान मंसिर १७ गते परिक्षण कार्यक्रम गरिएको छ । यस परिक्षण कार्यक्रममा स्थानिय पुरुष महिला, विद्यार्थी शिक्षकको समेत उपस्थिती रहेको थियो । स्रोतका अनुरुप यस पटकको परिक्षणमा सवै गाबिसमा नयाँ एचआईभी परिणाम सुन्य रहेको वताईएको छ ।


अर्घाखाँची जिल्लाको मैदान गावीसमा १७ गते पेरेणा परियोजनाको एचआईभी रगत परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।


संस्थागत रुपमा घरदैलो कार्यक्रम गरेरै अभगत गराएता पनी यस परिक्षणमा उत्साहित रुपमा सहभागीता नरहदा यो स्पष्ट हुन्छ कि समाजमा अझैपनी यस समवन्धित चेतनमा कमी ज्ञानको कारण उपस्थिती पनी निकै पातलो रहेको छ स्रोतका अनुसार पाली गावीसमा ५२ र मैदानमा संख्या ८० जनाको सेरोफेरोमा उपस्थिती रहनुले समाजमा यस समवन्धमा चेतनाको कमी रहेको पाईन्छ ।

अन्य समाचारहरु