अमेरिकाले लडाकु सैनिकमा महिलालाई पनि अवसर दिने घोषणा गरेको छ ।
अमेरिकी रक्षामन्त्री एस कार्टरले महिलालाई लडाकु सेनामा काम गर्ने अवसर दिइने घोषणा गरेका हुन् । उनले युद्धका बेला महिलाले सैन्य नेतृत्व गर्न सक्ने, बख्तरबन्द गाडी चलाउन सक्ने र मोर्टारबाट गोली पनि भर्न सक्ने बताए ।
रक्षामन्त्री कार्टरले २ लाख २० हजार महिलालाई लडाकु सैनिकमा भर्ती गर्न सकिने बताए । उनले अमेरिकी सेनामा हुन लागेको यो व्यवस्थालाई ठोस रुपमा अगाडि बढाउन सशस्त्र बललाई ३० दिनको समय दिएका छन् । (एजेन्सी)