नयाँ शक्ती”स्वाभिमान नेपालको लागी युवा जागरण अभियान”मा भिजनरी नेतृत्व अपरिहार्य

डिआरजी सुमन
“स्वाभिमान नेपालको लागी युवा जागरण अभियान” चलाऊ भन्दा लौ राजनीति गर्न खोज्यो भन्छन । ठिकै छ राजनीति नै गरौ नत भनेर भन्दा जिब्रो टोक्छन आटै गर्दैनन अब गर्ने चै के होला ? तपाईं हामी सधैं राष्ट्रको चिन्ता गर्ने नेताहरुलाई गाली गर्ने ? यो भएन त्यो भएन भन्ने मात्रै ? अनी केही गरौ भन्दा कुरा मात्रै काट्ने ? यदी तपाईं हामी सबै सकरात्मक् भयौ भने हामीले मुलुकलाई अनिर्णायको वन्दी गराउदै नाकावन्दीको चपेटामा पारिदै गरिएको विदेशी प्रभुको राजनीतिमा परिवर्तन खोज्न सक्छौ यो निश्चित छ ।
आफैले नेपाली जनतालाई नाकावन्दीको चपेटामा पार्दै आफै समस्या परियों भन्दै मधेसबादी ४ नेताहरु विदेशी प्रभु दिल्ली दरबार धाएको देख्दा लाज लाग्न थाल्यो । हाम्रा मधेसी र थारु साथिहरुले किन यीनीहरुलाई सधैको लागी भारत नधपाएको होला । यी मधेशी भारतप्रस्त नेता संघीय राज्यको मुख्यमन्त्री भई राज्य सन्चालन तहमा आइपुगे भने त्यो राज्य नेपाल नै रहदैन भन्ने व्यावहारिक रुप देखाई सकेका छन । अझ किन लतार्दैछन यीनिहरु हाम्रो राष्ट्रियतालाई ! अनि हामी पनि लतारिदैछौ पछी पछी ताई न तुईको खेलमा है । अब सबै बैठक उतै हुनुपर्ने ,यो के हुँदै छ ? किन रोक्न सक्दैन यो सरकार ? बल प्रयोग गर तर मधेसी र थारु जनता लाई पनि बाहुन छेत्री समान अधिकार देउ । जातैले कोही ठुलो वा सानो हुँदैन । तर राष्ट्रघाती को पहिचान गरी बहिस्कार गरौ । विकल्प अब हामी जनताले हिट्लर जस्तै तर भिजनरी नेता खोज्ने अभियान सुरु गर्नु पर्ने भएको छ ।
नेपालको यथास्थितिवादमा आधारित पुरातनवादी,जडसुत्रवादी राजनीतिमा आधुनिक रुपमा वैज्ञानिक परिवर्तनकारी Political change को सक्त खाचो छ । नेपालको राणाकालीन र पंचायतकालिन नेतृत्वलाई सम्मान जनक तवरले सक्रिय राजनितीवाट विस्थापित गर्दै युवाले नयाँ शक्तीको वैज्ञानिक शिक्षाको आधारमा मुलुकलाई अग्रगामी शासन प्रणाली लागु गरीनु पर्ने समय आएको छ । नेपालमा पुरै राजनीतिक सिस्टम political system कै परिवर्तनको खाचो छ ।
नेपालमा अव एउटा बेग्लै राजनीतिक संस्कृतिको बिकास गर्नु पर्ने टंकारो आवस्यकता जरुरत हुदा त्यो हामी युवा शक्तिवाट नै गर्न सक्छौ भन्ने निश्चय छ । जसरी हामीले कुनै नेता र पार्टी लाई जिताउछौ त्यसरी नै राजनीतिक संस्कृति political culture को बिकास र राष्ट्रीय समृद्धिको Prosperity लागि एकजुट हुने हो भने हामीले चाहेको अनी खोजेको भिजनरी नेता Visionary Leader निकाल्न सक्छौ अनि मात्र हामी यावत पुरातनवादी समस्याको बिकल्प दिन सक्छौ ।
आज जसरी नवयुवक मुलुक भित्र र वाहिरवाट सामाजिक संजाल र स्थलगत रुपमा जसरी राष्ट्रीयताको भावना ओतप्रोत छ त्यो अव नयाँ भिजनरी शक्तीमा एकीकृत हुनुको विकल्प नभईरहेको हुदा हामी नयाँ शक्तीमा जाने वा नजाने यस विषयमा गहन छलफल गरी निष्कर्षमा पुग्न जरुरी छ र यो पनी निश्चित छ कि नेपालमा आगामी रणनीतिक वहस कांग्रेस,कम्युनिस्ट र नयाँ शक्ती विच नै हुनेछ र मुलुक नयाँ शक्तीमै विकल्प निकट मात्र हैन सवैको चाहाना वमोजिम काम गर्ने पक्का हुनेमा तत्काल हाम्रा देशका केही नेता कार्यकर्तालाई संका रहेता पनी अन्तिम निस्कर्ष यसैमा टुंगिने छ यसैले राजनितीक जिवनमा लाग्न चाहाने देश विदेशमा रहनुहुने सवैलाई आवद्घताको लागी भिजनरी नयाँ शक्तीको अाहवान छ ।
( लेखक – समाज र राष्ट्रीयताको सवालमा पृथक विचारधारावादी युवा पत्रकार अर्घाखाँची डटकम क्राइम व्युरो डिआरजी सुमन एण्ड बाईएमएम महासचिव हव खड्का संयुक्त हो । )