नेत्रविक्रम नेतृत्वको माओवादीद्धारा इलाका वन कार्यालय ठाडामा तालाबन्दी


शोभाखर पन्थी 
ठाडा, अर्घाखाँची । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले इलाका वन कार्यालय ठाडा अर्घाखाँचीमा तालाबन्दी गरेको छ । 
माओवादीले बनतस्कर सँग मिलोमतो गरी वन  बिनास गरेको आरोप लगाउँदै, सोमवार मध्यान्न कर्मचारी लाई बाहीर निकाली इलाका वन कार्यालयको मूलगेटमा तालाबन्दी गरीकालो झण्डागाडेको छ ।
तालाबन्दी पछि माओवादीले सरकारी तलब भत्ताखाने कर्मचारीले बनको रक्षा र संरक्षण गर्नु पर्नेमा उल्टै  वनतस्कर सँग साँठगाँठगरी वन  बिनास गरेको आरोप लगाउँदै चेतावनी स्वरुप तालाबन्दी गरेको जनाएको छ । 
साथै उसले सिधा सोझा उपभोत्तालाई झुट्ठामुद्दा लगाई कर्मचारीले दुःखदिने गरेको, वनतस्कर र उपल्लो निकायको बीचमा पुलकोकाम गरेको लगायतका आरोप लगाउँदै व्यवहारमा परिवर्तन नल्याए भौतिक कार्वाही गर्ने चेताबनी समेत दिएको छ ।

Shovakhar Panthi contributed to this report.

अन्य समाचारहरु