अर्घाखाँचीमा सम्पूर्ण क्षेत्र अस्तव्यस्त, जिल्लाभर औषधी अभाव ! नाकाबन्दीले दिन प्रतिदिन एकपछि अर्को समस्या


सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। भारतीय नाकाबन्दी र तराईका जिल्लामा जारी लामो समयदेखिको आन्दोलनका कारण अर्घाखाँचीमा इन्धनसँगै औषधी अभाव भएको छ । नाकाबन्दीले  जिल्लामा दिन प्रतिदिन एकपछि अर्को समस्या उत्पन्न भएको छ ।

नाकाबन्दीका कारण आयत हुन नसक्दा जिल्ला अस्पताल सन्धिखर्कमा औषधी अभाव भएको छ । चिसो मौसम बढेसँगै बिरामीहरू वढेका छन् भने जिल्ला अस्पतारलमा औषधीको अभावले निःशुल्क रुपमा उपलव्ध हुने औषधीहरू उपलब्ध गराउन नसकिएको जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत लिला गौतमले जानकारी दिए । 

अहिले अस्पतालमा स्लाइन पानी, एमोक्सिलीन, मेट्रोनिटाजल, एसी लकलगायत औषधीको अभाव भएको गौतमले बताए । 
क्षेत्र र केन्द्रमा औषधी सकिएको जानकारी गराएपनि औषधी लिनका लागि सूचना नआएकोले समस्या भएको भन्दै जिल्ला अस्पतालले मौजाद समेत सकिएकोले आपतकालिन बिरामीलाई बाहेक अन्यलाई सेवा दिन नसकिएको जिल्ला जनस्वास्थ्य प्रमुख जगनाथ तिवारीले वताए । 
 
सदरमुकाम सन्धिखर्कमा औषधीको अभाव भएसँगै स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र प्राथामिक स्वास्थ्य केन्द्रमा पनि औषधीको अभाव छ ।

जिल्ला अस्पताल सन्धिखर्कमा

स्टक रहेको औषधी केही दिनलाई पुग्ने र नाकाबन्दी, बन्द लम्बिए जिल्लामा औषधीको चरम अभाव हुने देखिएको छ ।  
नेपालमा खपत हुने औषधीमध्ये ६० प्रतिशत भारतबाट आयात हुने गर्छ । 

अन्य समाचारहरु