भारतको झारखण्ड राज्यस्थित रामगढ जिल्लामा गुडिरहेको एउटा रेलसँग जीप ठोक्किदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
भुरकुण्डा रेलवे स्टेशन नजिकै हावडा-भोपाल रेलसँग जीप ठोक्किएको हो । मृतकमा तीनदेखि पाँच वर्षका ६ बालबालिका छन् । त्यसैगरी चारजना महिला र तीन पुरुषको पनि सो दुर्घटनामा मृत्यु भएको छ ।
स्थानीय प्रहरीका अनुसार अनधिकृत रुपमा रेलवे लाइन पार गर्ने क्रममा जीप हावडा-भोपाल एक्सप्रेससँग ठोक्किएको हो । तीब्र गतिमा आएको रेलले जीपलाई करिब एक किलोमिटरसम्म घिसारेको थियो । (एजेन्सी)