इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ ।
इन्डोनेसियाको सेरम सहरनजिकको समुद्रलाई केन्द्रबिन्दू बनाइएर ६.९ म्याग्निच्यूडको भूकम्प गएको जनाइएको छ । भूकम्पका कारण कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।
भूकम्पपछि समुद्री आँधी सुनामीको सम्भावना नरहेको इन्डोनेसियाको भूगर्भ विभागले जनाएको छ ।
इन्डोनेसियामा सन् २००४ को डिसेम्बरमा गएको सुनामीमा २ लाख ३० हजारको मृत्यु भएको थियो । एजेन्सी