ल्याटिन अमेरिकी मुलुक भेनेजुएलामा विपक्षी दलको संसद्मामा दुई तिहाई बहुमत

ल्याटिन अमेरिकी मुलुक भेनेजुएलामा विपक्षी दलले संसद्मा दुई तिहाई बहुमत ल्याएको छ । हालै सम्पन्न संसदीय चुनावमा विपक्षी डेमोक्रेटिक युनिटी गठबन्धनले दुई तिहाई सिट जितेको त्यहाँको निर्वाचन आयोगले जनाएको हो ।
संसद्को १६७ मध्ये ११२ सिट जित्दै विपक्षी गठबन्धनले दिवंगत नेता ह्यूगो चाभेजको दललाई १६ वर्षपछि सत्ताबाट पाखा लगाएको हो । सन् १९९९ मा समाजवादी नाराका साथ सत्तामा पुगेको सत्तारुढ सोसलिष्ट पार्टीका राष्ट्रपति निकोलस मादुरोलाई चुनावी परिणामले ठूलो झट्का लागेको हो ।
जितसँगै विपक्षी गठबन्धनका महासचिव जोसेस टोर्रेल्बा जेलमा बन्दी बनाइएका नेतालाई रिहाई गरी देशको आर्थिक स्थिति सुधार गर्नु नै मूख्य प्राथमिकता हुने जनाएका छन् ।
यसैवर्षको शुरुतिर विपक्षी दलका नेता लियोपोल्दो लोपेजलाई मादुरो प्रशासनले १३ वर्षका लागि जेल सजाय दिएको थियो । एजेन्सी