वि के.सी.
ढिकुरा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको ढिकुरा गाविसका युवाहरुको सक्रियतामा स्थापित ढिकुरा नमुना युवा परिषदले हिजो एकै दिनमा २ वटा कार्यहरु सम्पन्न गरेको छ ।
युवाहरुको सक्रियता, समृद्ध समाजको परिकल्पना भन्ने मुलनारा रहेको सो परिषद्ले पैदल मार्ग सुधार र युवा केन्द्रित अभिमुखिकरण कार्यक्रम एकै दिनमा अलग समयमा सम्पन्न गरेको हो । परिषद्को अगुवाईमा ढिकुरा वार्ड नं २ शिवचौर देखि सोहि वार्डकै ढोडेनीसम्म सोझो पर्ने पैदल मार्गलाई परिषदका पदाधिकारीहरु, युवाहरु तथा स्थानीयहरुको सक्रियतामा हिजो विहान सुधार गरिएको छ । युवा परिषदको आव्हानमा गरिएको सो कार्यमा परिषदका अध्यक्ष मणि भटटराई बरिष्ठ उपाध्यक्ष बल बहादुर के.सी किशोर, सचिव भुवन केसी, सहसचिव लक्ष्मण घिमिरे, कोषाध्यक्ष दिपक चुदाली, प्रमुख सचेतक गिरि पोख्रेल एव विनोद घिमिरे, अर्जुन घिमिरे, विष्णु घिमिरे, दुर्गा घिमिरे, मदन घिमिरे, शुसिल घिमिरे, शिव भटटराई लगायत करिव ४० जनाको सहभागिता थियो । स्मरणहोस सो पैदम बाटो शिवचौर र ढोडेनीलाई जोडने सटकट मार्ग हो, गत बर्ष यो बाटो सुधार एवं निर्माणको लागी गाविसबाट रकम छुटटाएर निकासा भएता पनि त्यसको कुनै प्रभाव नपरेको स्थानीयहरु बताउछन ।
परिषदले यो बाटो सुधार गरेपछि मुख्यत बार्ड न २ सलेन्डाडा देखि शिवचौर ढोडनी, हराडाडा, खान्दुला, टोडेयार लगायतलाई आवतजावत गर्न र गाइबस्तु हिडाल्न समेत सुविधा हुनेछ ।
यो नमुना युवा परिषदले यस अघि वार्ड नं एककै बाजा पोखरा देखि गवदेसम्म र गाविस भवन देखि टोडेयार ढोडखोला सम्मको हुलाकी पैदल मार्गलाई निर्माण एव सुधार गरेको छ ।
यी सवै कार्यहरुबाट स्थानीय बासिन्दाहरु हर्षित छन र परिषदले गरेका क्रियाकलापहरुमा व्यापक सर्मथन र सहभागिता जनाउन लागेका छन् ।
यसै गरि सस्थाको कार्यालयको रुपमा ढिकुरा १ टोडेयारमा रहेको सामुदायिक भवनलाई छनौट गरि कार्यालयलाई पूणता पनि दिइएको छ । युवाहरुलाई सक्षम र उनीहरुलाई स्तरउन्नतीको लागी युवा केन्द्रित एक दिवशिय तथ्यमा आधारित योजना तर्जुमा तथा पैरवी सम्वन्धि अभिमुखिकरण कार्यक्रम हिजो सम्पन्न भएको छ । युएनएफपिए, जिविस र जिल्ला युवा सन्जाल अर्घाखाँचीका तर्फबाट उपस्थित सहजकर्ताहरुले विभिन्न विषयहरुमा सहजीकरण गर्नुभएका थियो । विषेश गरि सकारात्मक सोच, युवाहरुको समाजमा भुमिका,टोल देखि जिविस सम्मका योजना छनौट, बजेट विनीयोजन, मुल्यांकन अनुगमनको प्रक्रिया र त्यसमा युवाहरुको भुमिकाको सम्वन्धमा विस्तृत प्रशिक्षण दिइएको थियो ।
ढिकुरा नमुना युवा परिषदका अध्यक्ष राममणि भटटराईको अध्यक्षता, सचिव भुवन केसीको स्वागत मन्तव्यबाट शुरु भएको सो कार्यक्रममा युएनएफपिएका जिल्ला संयोजक कर्ण विक, जिल्ला विकास समितिका देविराम पोख्रेल, जिल्ला युवा सन्जालका अध्यक्ष मनिष सिंह तथा सचिव मधु कुमार श्रेष्ठ, परिषदका बरिष्ठ उपाध्यक्ष बल बहादुर केसी, द्धितिय उपाध्यक्ष
सृजना आचार्य घिमिरे, सहसचिव लक्ष्मण घिमिरे, सदस्य शिव भटटराई, परिषदकै सक्रिय शुभचिन्तक द्धय अमुतहरि घिमिरे र माधव घिमिरेको उपस्थिति थियो ।
यो कार्यक्रममा खाचीकोट नमुना युवा परिषद र खाचीकोट युवा क्लवबाट पनि प्रतिनिधीहरु सहभागि भएका थिए, ५२ जना प्रशिक्षार्थी र अन्य गरि करिव ८० जनाको उपस्थिति रहेको थियो ।
सो अभिमुखिकरण कार्यक्रम अत्यन्तै उपयोगी र ज्ञानमुलक रहेको प्रशिक्षाथीैहरुको तर्फबाट खाचीकोट नमुना युवा परिषदका सचिव र ढिकुरा नमुना युवा परिषदको तर्फबाट संगिता चुदालीले कार्यक्रममा बताएका थिए ।
समापन मन्तव्यको क्रममा यस्ता कार्यक्रमले युवाहरुलाई विभिन्न विषयमा जानकारी हुने, सक्षम बन्न, सामाजिक बन्न र आत्मविश्वास अभिबृद्धि गर्न सहयोग पुग्ने तथा यस्ता कार्य भविष्यमा जारी राख्नु पर्ने स्थानीय कृष्ण रायमाझी बताउनुहुन्छ ।
व्यक्तिगत र राजनैतिक स्वार्थबाट माथि उठेर सवैको पहलमा आफु जन्मेको समाजका लागी केहि गरौ भन्ने मनासायले गठित परिषदले छोटो समयमा राम्रा कामहरु गरिसकेको र सवैको सहयोग र सर्मथन रहेमा केहि दिगो काम गर्न आफुहरु तयार भएको अध्यक्ष राममणि भटटराईले बताउनुभयो । सो कार्यक्रममा सहजीकरण मार्फत युवाहरुलाई विभिन्न विषयमा सहजीकरण गरेकोमा र परिषदका सामाजिक कार्यहरुमा हातेमालो गर्ने सवैलाई परिषदले सहजकर्ताहरुलाई हार्दिक धन्यबाद व्यत्त गरेको छ ।