गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची । जिल्लाको विकास र परिवर्तनमा मिडियाहरुले खेलेको भुमिका प्रशंसनिय भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनिहरुले जिल्लामा सुचना प्रवाह गरी सु-सुचित गर्दै समाज परिवर्तन गर्न मिडियाहरुको भुमिका प्रमुख हुने भन्दै मिडियाको संरक्षण र विकास गर्नु सबैको दायित्व हुने भएकाले सबै एक जुट भएर लाग्ने लाग्ने प्रतिबद्धता समेत जायर गरेका छन् ।
अर्घाखाँची जिल्लामा संचालनमा रहेका सामुदायिक रेडियो अर्घाखाँची, सामुदायिक रेडियो देउराली, सामुदायिक रेडियो सुर्योदय र नयाँ एफ.एम.मा कार्यरत पत्रकार एवम् संचारकर्मीहरुको छाता संगठन रेडियो पत्रकार समन्वय समितिको आयोजनामा आइतबार अर्घाखाँची उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको मिडियाको संरक्षण र विकासमा सरकारी कार्यालय र राजनैतिक दलहरुको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सुचना पाउने जनताको लोकतान्त्रिक अधिकारको प्रत्याभुती दिलाउन सुचनाको सम्बाहक बनेर जिल्लमा संचालित रेडियोहरुले आवाज विहिनहरुको आवाज बोल्न महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रशंसा गरेका हुन् ।
जिल्लामा रेडियोहरुको स्थापना र संचालनको लामो समय अन्तरालपछि गठन भएको रेडियो पत्रकार समन्वय समितिद्धारा आयोजित बृहत छलफल कार्यक्रममा सहभागीहरुले आ-आफ्ना धारणा राख्दै अहिले सम्म भएका सबै पक्षका कमी-कमजोरी औल्याई गल्तीहरु नदोहोराउने र समग्र जिल्लाको विकासमा सबै एक भएर अगाडी बढ्ने प्रहण गर्दै रेडियोहरुको विकास र संरक्षण मा बिशेष योजना बनाएर लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
रेडियो पत्रकार समन्वय समितिका अध्यक्ष हृदय कुमार भुसालको अध्यक्षता ,बरिष्ठ उपाध्यक्ष श्याम प्र्रसाद घिमिरेको स्वागत मन्तव्य र महा-सचिव हरी प्रसाद भुसालको संचालनमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले रेडियो पत्रकार समन्वय समितिमा निर्बाचित पदाधिकारीहरुलाई प्रमाणपत्र सहित सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष हृदय कुमार भुसाल, बरिष्ठ उपाध्यक्ष श्याम प्रसाद घिमिरे, उपाध्यक्ष प्रेम आचार्य, मह-सचिव हरी प्रसाद भुसाल, सचिव गोपाल प्र्रसाद भट्टराई, कोषाध्यक्ष सरीता भुसाल र सदस्हरुमा राम खड्का, नविन के.सी., बिष्णु खनाल, रुद्रमणी भुसाल, अर्जुन भुसाल, सागर परियार, महेश भुसाल, सबिता आचार्य बसन्त श्रेष्ठ लगायतका संचारकर्मीहरु सम्मानित हुनुभएको छ ।
अर्घाखाँची जिल्लाका सरकारी कार्यालयका प्रमुख, राजनितिक दल,बुद्धिजिवी, पत्रकार लगायतको सहभागिता रहेको अन्र्तक्रिया कार्यक्रममा स्थानिय विकास अधिकारी लक्ष्मी पाण्डे गौतम, प्रहरी नायब उपरिक्षक कमल प्र्रसाद खरेल, जिल्ला अस्पताल प्र्रमुख डा.जगन्नाथ तिवारी, पशु स्वस्थ्य कार्यालय प्रमुख डा.राम नारायण मण्डल, ने.क.पा.एमालेका सचिव राम बहादुर चौहान, एमाओवादी कोषध्यक्ष छम कुमरी खनाल चिनारी, नयाँ शक्ति निर्माण अभियानका संयोजक खिम बहादुर बि.क., अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष शोभाखर पन्थी, अर्घाखाँची शिक्षा क्याम्पसका प्रिन्सिपल श्रीकृष्ण भुसाल लगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियो ।