नेपाली कांग्रेस अर्घाखाँचीको जनजागरण अभियान खिल्जीको बलबोटमा सम्पन्न

घनश्याम पौडेल
सन्धिखर्क, अर्घाखाँची । नेपाली काग्रेसकी केन्द्रिय सदस्य पुष्पा भुसालले केपी शर्मा ओलीको सरकारले नेपाली कांग्रेसले संसदमा पेश गरेको संबिधान संसोधन बिधेक सरकारले अगाडी नबढाउदा अहिले देशमा समस्या आएको बताउनु भएको छ । 

नेपाली कांग्रेस अर्घाखाँचीको जनजागरण अभियान सितापुरमा ।

नेपाली कांग्रेसले जिल्लाकार्य समितिले आयोजना गरेको जनजागरण अभियानलाई आज खिल्जीको बलबोटमा सम्बोधन गदै उहाले यस्तो बताउनु भएको हो ।

नेपाली कांग्रेस अर्घाखाँचीको जनजागरण अभियान सितापुरमा ।

नेतृ भुसाल पुर्ननिमार्ण बिधेक र कांग्रेसले संसदमा पेशगरेको बिधेकसगसगै अगाडी बढाउनु पर्ने बताउनु भएको छ ।  त्यस्तै पुर्व मन्त्रि रेवती प्रसाद भुसालले देशमा देखिएको  कालोबजारी नियन्त्रण गर्न नसक्नुले सरकारकै संरक्षणमा कालोबजारी मौलाएको ठकुवा गनु भएको छ । त्यसै गरि नेपाली कांग्रेस अर्घाखाँचीका सभापति कमल प्रसाद भुसालले अहिलेको सरकार पकेको आप जस्तो भएको बताउनु भएको छ । उहाले भनु भयो पकेको आपलाई कसैले झटेलाले हानु पदैन आँफै झरछ अहिलेको सरकार पनि त्यस्तै भएको बताउनु भएको छ ।

नेपाली कांग्रेस अर्घाखाँचीको जनजागरण अभियान सितापुरमा ।

कार्यक्रमा पुर्व सभापति पिताम्बर शर्मा , सचिब बासुदेब आचार्य, श्यामनाथ काश्यब लक्ष्मि श्रेष्ठ , बिस्नु मुस्कान खनाल , महाधिबेसन प्रतिनिधि लेखनाथ पोख्रेल जिल्ला सदस्य धर्म भुसाल , प्रेमनारयाण बेल्बासे रामबहादुर परियार राजेन्द्र शर्मा , नेपाल महिला संघकी शान्ता भण्डारी सचिब संगिता बेल्बासे , क्षेत्रिय सभापति जिमा अर्याल जानका बन्जाडे लगायतले मनतव्य राखेका थिए । कार्यक्रम जिल्ला सभापति कमल प्रसाल भुसाललको सभापतित्व असुरकोटका सभापति बिष्णु श्रेष्ठको स्वागत मनतब्य सचिब लोकेन्द्र बिश्वकर्माको संचालनमा संम्पन्न भएको थियो । 

अन्य समाचारहरु