अमेरिका र रुसले सिरियामा शान्ति वार्ता अघि बढाउन एकजुट हुने प्रतिबद्धता जनाएका छन् ।
रुस भ्रमणमा रहेका अमेरिकी बिदेशमन्त्री जोन केरी र रुसी समकक्षी सर्गइ लोभारोभबीच सिरियाली शान्तिवार्ताका लागि अपनाउने रणनीतिका बारेमा वार्ता अघी बढाउने सहमति भएको छ ।
वार्तामा शान्तिबार्ताका लागि एक आधार तयार हुने सम्बन्धमा सफलता हासिल हुने जोन केरीको भनाई छ ।
रुसी विदेशमन्त्री लाभारोभले सिरियाको शान्तिवार्ताका लागि आफूहरुले सक्दो सहयोग गर्ने बचन दिएका छन् । उनले सिरियाली समस्या बार्ताकै माध्यमबाट समाधान हुने विश्वास ब्यक्त गरे । (एजेन्सी)