अमेरिकाद्धारा ताइवानलाई १ अर्ब ८० करोड डलर बराबरको हतियार बिक्री

अमेरिकी राष्ट्रपति बाराक ओबामा ताइवानलाई हतियार बिक्री गर्न सहमत भएका छन् ।
ओबामाले ताइवानलाई १ अर्ब ८० करोड डलर बराबरको हतियार बिक्री गर्न अमेरिका तयार रहेको बताए । यसमा दुईवटा नौसेनाका जहाज, विरोधीमाथिको आक्रमणमा प्रयोग हुने बख्तरबन्द गाडी, ट्यांक र विमानबाट आक्रमण गर्न सकिने मिसाइल सामेल छन् ।
तर चीनले भने अमेरिकाले ताइवानलाई हतियार बेच्न लागेकोमा आपत्ति जनाएको छ । उता, अमेरिकाले ताइवानको आत्मसुरक्षाका लागिमात्र हतियार बिक्री गर्न लागिएको र एक चीन नीतिप्रति आफूहरुको सम्मान रहेको जनाएको छ । (एजेन्सी)