अर्घाखाँचीका कयौ गाबिसमा ग्रामिण नमुना कृषकलाई कुखुरा वितरण

घनश्याम पौडेल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा सञ्चालित सुआहारा कार्यक्रम अन्तगर्त ग्रामिण नमुना कृषकलाई कुखुरा वितरण गरिएको हो । गर्भवती र दुध चुसाईरहेका आमा र बच्चाहरुको पोषण स्थितीमा सुधार ल्याउने उद्देश्यले कुखुरा बितरण गरिएको हो । 
 अर्घाखाँची जिल्लाका धातिवाङ्ग, पटौटी, पोखराथोक, अडगुरी, भगवती, ढाकावाङ्ग, मरेङ्ग, वल्कोट, हंसपुर र सन्धिखर्क नगरपालीका वडा नं. ९, १०, १४ र १५ मा गरी एक कृषक वरावर १० वटा न्यु हेम्सायर र व्यालक अस्टोलक जातको कुखुरा वितरण गरिएको जिल्ला सुआहारा कार्यालयका जिल्ला संयोजक दिवश ढकालको भनाई रहेको छ । 
सुनौला हजार दिनका आमा र बच्चाका लागि सजिलै अण्डा र मासु उपलव्ध गराउन कुखुरा वितरण गरेको लुम्विनी सामाजिक विकास केन्दका फिल्ड कोडिनेटर हेमन्त वस्नेतले वताउनुभएको छ । प्रत्येक ग्रामिण नमुना कृषकका लागी आठ सय नव्वे कुखुरा आज घरघरमा गई वितरण गरिएको हो । त्यसैगरी सुआहाराले अर्घाखाँची जिल्लामा गर्भवती महिला, अगुवा कृषकहरुलाई तरकारीको विउ पनी वितरण गरेको छ । 
अर्घाखाँची जिल्लामा सुआहारा कार्यक्रम लुम्विनी सामाजिक विकास केन्द्रले सहजीकरण गरिरहेको छ । 

अन्य समाचारहरु