इराकको अनबर प्रान्तमा आइएस विरुद्ध अमेरिकाले गरेको हवाई आक्रमणमा दश जना इराकी सेना मारिएका छन् ।
अनबर प्रान्तमा लडाकुहरु विरुद्ध इराकी सेनाले कारवाही गरिरहेको छ । इराकी संयुक्त अपरेशन कमाण्डरले आफ्ना एक अधिकृत सहित दश जना सैनिक मारिएको जनाएका छन् ।
इराकी सेनाको आग्रहमा आइएस विरुद्धको दुई वटा हवाइ आक्रमणपछिको अर्को आक्रमणमा आफ्ना सेनातर्फ क्षति भएको उनले जनाएका छन् ।
अमेरिकी सेनाले विज्ञप्ति जारी गरि प्रारम्भिक रिपोर्टले हवाइ आक्रमणबाट इराकी सेना मारिएको जनाएको छ । इराकमा यस किसिमको घटना पहिलो भएको विज्ञप्तिमा उल्लेख छ । (एजेन्सी)