सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँची डट्कम) । सरकारले शुरु गरेको नेपालको संविधानका विशेषताका बारेमा जनतालाई सुसूचित गर्न ‘जनताको संविधान, जनताकै माझमा’ राष्ट्रिय अभियान अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सम्पन्न भएको छ ।
जिल्ला विकास समिति अर्घाखाँचीको आयोजनामा जिविस हलमा सम्पन्न राष्ट्रव्यापी प्रचार अभियान कार्यक्रममा प्रमुख अतिथि उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री टाेप बहादुर रायमाझी, सांसद दुमन थापा लगायतको उपस्थिति रहेको थियो ।