भारतमा दिल्लीको चर्चित निर्भया बलात्कार काण्डका नाबालिग दोषी रिहा भएका छन् । उनी तीन वर्षको जेल सजाय पूरा गरेर रिहा भएको बताइएको छ ।
नाबालिग नै भएपनि दोषीलाई रिहा गर्न नहुने भन्दै भारतभर विरोध भएको थियो भने निर्भयाका बाबु आमाले दोषीलाई मृत्युदण्डको माग गरेका थिए ।
नाबालिग दोषीलाई सुधारका लागि दोस्रो मौका दिनुपर्ने कानुनी व्यवस्थाका कारण उनी रिहा भएको जनाइएको छ । नाबालिग दोषीलाई अज्ञात स्थानको सुधार गृहमा राखिएको थियो ।
रिहाईको विरोधमा निर्भयाका बाबुआमाले दिल्लीको इन्डिया गेटमा प्रदर्शन गर्ने तयारी गरे पनि प्रहरीले रोकेको थियो । शान्तिपूर्ण प्रदर्शन गर्न नदिनु र सरकारले एक अपराधीलाई रिहा गरेर आफुहरुलाई अन्याय गरेको निर्भयाकी आमाले प्रतिक्रिया दिएकी छन् ।
सन् २०१२ को डिसेम्बरमा भएको विभत्स बलात्कार काण्डका दोषी नाबालिग त्यस बेला १७ वर्षका थिए । (एजेन्सी)