ढिकुरा गाबिसका वार्ड १ र २ मा सडक संजाल बिस्तार

भुवन के.सी  
ढिकुरा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको ढिकुरा गाबिसका  वार्ड १ र २ मा सडक संजाल बिस्तार भएका छ्न । 


स्थानिय बासिन्दाहरु र ढिकुरा नमुना युवा परिषदको समन्वयमा ढिकुरा १ को ढोड्खोला देखि रातापहरा र वार्ड न २ शिबचौरको पुरानो सडक मार्गले समेट्न नसकेका स्थानिय बासिन्दाका घरहरुलाई यो सडकमार्गले जोडिएको हो । 
यो मार्गको बिस्तारले आफ्ना सवारीसाधन, सामानहरु ल्याउन लैजान सहज हुने सबैको ठम्याइ छ । हाल चलनमा आएको मोटरबाटोले घर नछोएको तथा निवास देखि टाढा हुदा आफूहरुलाई बाटो भएर पनि त्यसको उचित लाभ लिन नसकिएको स्थानीयहरु बताउछ्न ।


गत बर्ष घर बनाउदा मोटरबाटोबाट सामान बोकेर घर बनाउने स्थान सम्म लेबर लगाएर ल्याउदा गाडीको ढुवानी र बोकाउदा लागेको खर्च बराबर भएको र यस्तो सडक बिस्तारले  स्थानियहरुलाई अत्यन्तै फाइदा हुने ढिकुरा नमुना युवा परिसदका कोसाध्यक्ष दिपक चुदाली बताउनुहुन्छ ।
साथै बिकासका आधारभुत आवस्यक्ताहरु बाटो, पानी बिजुलीलाई जनताको पायक पर्ने र घर आगन जोडने प्रक्रियाले सडक बिस्तार नभएकोले अब गाउँका भित्री भागहरुमा पनि मार्ग बिस्तार गर्नु पर्ने भएको हो ।

अन्य समाचारहरु