अमेरिकामा आएको समुद्री आँधीका कारण कयौको मृत्यु

अमेरिकाको दक्षिणी र मध्य पश्चिमी क्षेत्रमा आएको समुद्री आँधीका कारण कम्तिमा ६ जनाको मृत्यु भएको छ ।
उत्तरी मिसिसिपीमा तीन जना, तेन्निजमा दुई जना र अर्कान्सस्मा एक जनाको मृत्यु भएको हो ।
आँधीबाट मिसिसिपी राज्य बढी प्रभावित भएको छ । स्थानीय विमानस्थलमा रहेको विमान पल्टिंदा धेरैजना घाईते भएको अधिकारीहरुले जनाएका छन् ।
तीब्र गतिमा आएको आँधीका कारण धेरै घरहरुमा क्षति पुगेको छ । क्रिसमसको पूर्व सन्ध्यामा आएको आँधीलाई असामान्य मानिएको छ । एजेन्सी