मेक्सिकोमा नवनिर्वाचित एक मेयरको निर्वाचित भएको दुई दिनमै हत्या

मेक्सिकोमा नवनिर्वाचित एक मेयरको हत्या भएको छ । तेमिक्सो शहरकी मेयर जिसेला मोटाको निर्वाचित भएको दुई दिनमै हत्या भएको हो ।
मेयर पदको शपथ लिएको केही घण्टा मै राजधानी मेक्सिको शहरबाट ८५ किलोमिटर दक्षिणमा रहेको गृह शहर तेमिक्सोमा उनको हत्या भएको हो । उनलाई चारजना बन्दुकधारीले आक्रमण गरेकोमा दुई जना प्रहरी कारवाही मारिएका छन् ।
बाँकी दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हत्याको कारण खुल्न सकेको छैन ।
मेक्सिकन मेयरहरुको लागू औषध तस्करहरुले हत्या गर्दै आएका छन् । (एजेन्सी)