भारत र बङलादेश भूकम्पबाट ११ जनाको मृत्यु, २ सयभन्दा बढी घाइते

भारतको मणिपुरमा पाँच घण्टाको अन्तरालमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।
सोमबार बिहानै ६.७ म्याग्निच्यूटको भूकम्प गएको मणिपुरमा फेरि ३.६ तीब्रताको भूकम्प गएको हो । बङलादेशमा पनि  धक्का महसुस गरिएको छ ।
मणिपुरको राजधानी इन्फालबाट ३३ किलोमिटर टाढा तामेग्लाङ्ग जिल्लामा केन्द्रबिन्दु बनाएर स्थानीय समय अनुसार सोमबार बिहान ४ः३५ मा ६.७ म्याग्निच्यूटको भूकम्प गएको थियो ।
भारत र बङलादेश भूकम्पबाट ११ जनाको मृत्यु भएको छ भने अन्य २ सयभन्दा बढी घाइते भएका छन् । भूकम्पले कयौं घर भत्काएको जनाइएको छ ।
भारतको असम, बंगाल, अरुणाञ्चल प्रदेश, विहार, झारखण्डसहितका राज्यमा भूकम्पको धक्का महसुस गरिएको थियो । (एजेन्सी)