घनश्याम पौडेल
सुपा देउराली, अर्घाखाँची । नेपाल निजामति कर्मचारी युनियन (संघ) ले ट्रेड युनियन हक तथा अधिकारको क्षेत्रमा मात्र सिमित नभई समाज सेवा र सचेतनाको क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई अब्बल बनाउदै आएको छ ।
यसै सन्दर्भमा अर्घाखाँची जिल्लाको प्रसिद्ध धार्मिक स्थल सुपा देउराली मन्दिरमा आगन्तुकहरुलाई स्वागत, धन्यवाद, ट्राफिक सचेतना तथा जानकारी मूलक सन्देश राखेको होर्डिङ्ग बोर्ड एक कार्यक्रमका बिच राखिएको छ ।
उक्त कार्यक्रममा युनियन संघका अध्यक्ष प्रकाश भट्टराई, केन्द्रीय सदस्य कृष्ण तिमिल्सिना, केन्द्रीय प्रतिनिधी नारायणप्रसाद पोखरेल, सह सचिव ताराप्रसाद पोखरेल, सदस्यहरु प्रदिप लम्साल, रुकेन्द्र पालुङ्गे, रामकुमार भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
यस अघि पनि यस संस्थाले सदरमुकामको सन्धिखर्कको शान्ति बगैचा तथा कार्यालय जाने बाटो मन्चलाईनमा समेत सचेतना तथा जानकारी मूलक होर्डिङ्ग बोर्ड राख्ने काम सम्पन्न गरेको कोषाध्यक्ष कृष्ण बर्माले बताउनु भएको छ ।