राष्ट्रिय जनमोर्चा बाँगी अर्घाखाँचीको चौथो भेला सम्पन्न

गोपाल प्रसाद भट्टराई
बाँगी, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा बाँगी अर्घाखाँचीको चौथो भेला आज सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के.सी ले उद्घाटन गर्नु भएको भेलाले विर बहादुर कुवंरको अध्यक्षतामा ९ पुर्ण र २ वैकल्पिक सहित ११ सदस्यीय राष्ट्रिय जनमोर्चा बाँगी गाउ कमिटिको गठन गरेको छ । जसको सचिवमा गिरि प्रसाद आचार्य र कोषाध्यक्षमा कृष्ण पन्थी चयन हुनु भएको छ ।


समितिको सदस्यहरुमा जुद्ध बहादुर कुवंर तिलक भुसाल ,डिल बहादुर कुवंर,लक्ष्मण भुसाल,राधा कुवंर र ललिता भुसाल चयन हुनु भएको छ । भने वैकल्पिक सदस्यहरुमा फन बहादुर बस्नेत र ज्ञान बहादुर कुवंर चयन हुनु भएको छ । भेलाले दिनेश के.सी.,चन्द्रमणी आचार्य,पोमनारायण भुसाल,रामलाल भुसाल,नारायण पन्थी,जिवलाल भुसाल र मणिराम कुवंर रहेको ७ सदस्यिय सल्लाहाकार समितिको गठन समेत गरेको छ । 


बिर बहादुर के.सी को अध्यक्षता गिरि प्रसाद आचार्यको स्वागत मन्तव्य र कृष्ण पन्थीको संचालनमा संपन्न भएको भेलामा अखिल नेपाल किसान संघका केन्द्रिय कोषध्यक्ष कृष्ण के.सी. अखिल छैठौका केन्द्रिय सचिव देवेन्द्र कुवंर ,अखिल नेपाल शिक्षक संघका प्रतिनिधि डिल बहादुर के.सी.र अखिल नेपाल महिला संघ जिल्ला सदस्य तुलसा के.सीले मन्तव्य राख्दै नव गठित समितिको सफल कार्याकालको शुभकामना दिनु भएको थियो । 

अन्य समाचारहरु