इस्लामिक स्टेट आइएसको विभिन्न भिडियोमा देखा परेका एक युवकको परिचय खुलेको छ। बिबिसीका अनुसार उनी भारतीय मुलका ब्रिटिस नागरिक सिद्धार्थ धर हुन्।
बेलायतका लागि जासुसी गरेको आरोपमा पाँच बेलायती नागरिकको हत्या गरिएको भिडियोमा पनि उनी रहेको बिबिसीले जनाएको छ।
हिन्दुबाट इस्लाम बनेका उनले नाम परिवर्तन गरी अबू रुमायश राखेका छन्। उनी सन् २०१४मा पक्राउ परेपनि जमानतको शर्त अस्वीकार गर्दै सिरिया पुगेका थिए।
धरकी बहिनीले भिडियोको आवाज सिद्धार्थसँग मिलेको स्वीकार गरिन् तर ती युवक सिद्धार्थ नै हुन् भन्नेमा आफू विश्वस्त हुन नसकेको बताइन्।
यो भिडियोको अझै स्वतन्त्र पुष्टी भएको छैन। एजेन्सी