भारत प्रशासित राज्य जम्मू-कश्मिरका मुख्यमन्त्री मुफ्ती सईदको निधन भएको छ । उनी फोक्सोमा संक्रमणका कारण विगत केही दिनदेखि दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचारार्थ भर्ना भएका थिए ।
पछिल्लो समय उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
समाचार एजेन्सी पीटीआईले राज्यका शिक्षामन्त्री नईम अख्तरलाई उद्धृत गर्दैै मुख्यमन्त्री मुफ्तीको निधन पुष्टि गरेको हो ।
उनको पार्थिव शरीरलाई श्रीनगर लैजाने तयारी भइरहेको जनाइएको छ ।
जम्मु-कश्मिरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाले ट्वीट गर्दै भनेका छन्, म मुफ्तीजीको पत्नी, उनकी छोरी र सम्पूर्ण परिवारका लागि दुःखको यो घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दछु ।
अघिल्लो वर्ष भएको विधानसभा निर्वाचनमा जम्मु-कश्मिरमा मुफ्तीको पार्टी