अष्ट्रेलियाको जंगलमा लागेको भीषण आगलागी बस्तीसम्म फैलिँदा ९५ घर जलेर नष्ट भएका छन् ।
अष्ट्रेलियाको पर्थबाट दक्षिणी भागमा रहेको जंगलमा लागेको आगो यारलुप शहरसम्म फैलिएपछि ती घर जलेर नष्ट भएका हुन् ।
प्रतिघण्टा ६० किलोमिटरको दरले आएको हावासँगै आगलागी नजिकको बस्तीसम्म फैलिएको बताइएको छ । आगलागी नियन्त्रणका लागि सयौंको संख्यामा अग्नि नियन्त्रकहरु परिचालन गरिएको छ ।
त्यसैगरी हेलिकोप्टरका माध्यमबाट आगो निभाउने प्रयास भइरहेको छ । आगलागीका कारण हजारौं हेक्टर जंगल जलेर नष्ट भएको छ । (एजेन्सी)