प्रेम आचार्य
चुत्राबेसी, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाड न. २ चुत्राबेसीमा रहेको साथी बचत तथा ऋण सहकारी सस्थाको तेस्रो साधारण सभा आज सनिबार सम्पन्न भएको छ ।
आर्थिक उन्नतिको सहयात्री तपाई हाम्रो सुख दुखको साथी भन्ने भाबना अनुसार युबाहरुको एकताको प्रतीकको रुपमा रहेको सहकारीको साधारण सभाको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सात वटा मैनबत्ती प्रज्वलन गरि उद्घाटन गर्नु धएको थियो ।
स्थापन भएको छोटो समयमै उत्कृष्ट सहकारी पुरस्कार २०७१ बाट पुरस्कृत साथी सहकारी अर्घाखाँची जिल्लाकै एक नमुना र उदाहरणीय सहकारीको रुपमा रहेको छ ।
कार्यक्रममा सस्थाको प्रगती प्रतिबेदन अध्यक्ष प्रकाश भुसालले प्रस्तुत गर्नु भएको थियो ।
साधारण सभाको उद्घाटन सत्रमा मन्तब्य राखदै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सहकारीको मर्म र भाबना अनरुप काम गरेर समाज रुपान्तरणको कार्यमा सहकारी लागेको भन्दै उच्च प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, एमालेका जिल्ला सचिबालय सदस्य सरोज भुसाल, एमाओबादीकि सुमित्रा बन्जाडे, राजमोका जिल्ला सचिब गोपाल पौडेल, जिल्ला सहकारी संघका तुल्सीराम खनाल, उद्योग बाणिज्य संघका महासचिब नेत्रप्रसाद पौडेल, पत्रकार महासंघका जिल्ला अध्यक्ष सोभाखर पन्थी,सिलसिला बहुदेसीय सहकारीका अध्यक्ष माधबराज चुदाली,सुर्योदय महिला बचत तथा ऋण सहकारी सस्थाकि अध्यक्ष कमला भुसाल, लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम साथी सहकारीका अध्यक्ष प्रकाश भुसालको अध्यक्षता, सचिब धर्म भुसालको सञ्चालन र सहयोगी बिसीको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।
हाम्रा सहकर्मि आचार्यलाई उत्कृष्ट सहकारी पत्रकारीता पुरस्कृत
सहकारी क्षेत्र संग सम्बन्धित रहेर स्थानीय तथा राष्ट्रिय मिडीयामा कलम चलाएको भन्दै अर्घाखाँचीका हाम्रा सहकर्मि प्रेम आचार्य सहित दुई जना पत्रकार उत्कृष्ट सहकारी पत्रकारीता पुरस्कारबाट पुरस्कृत भएका छन ।
अर्घाखाँचीमा रहि सहकारीका गतिबिधि र कार्यको बारेमा उत्कृष्ट कलम चलाएको भन्दै साथी बचत तथा ऋण सहकारी सस्थाले तेस्रो साधारण सभाको अबसरमा यस बर्ष देखि स्थापन गरेको उत्कृष्ट सहकारी पुरस्कारबाट पुरस्कृत तथा सम्मानीत गरेको हो ।
पत्रकार आचार्य र नागरिक कर्मि अजुन भुसाललाई नगद १५ सय , सम्मान पत्र र खादा ओढाएर सहकारी पत्रकारीता पुरस्कार प्रदान गरिएको हो । सहकारीले असल बचत कर्ता तीन जना, असल रिणी ३ जना, सामुदायीक क्याम्पसको छात्रबृति एकजना , उत्कृष्ट कर्मचारी एक जना र अनुशासीत कर्मचारी एक जनालाई पनि नगद, सम्मान पत्र र खादा ओढाएर सम्मान गरेको छ ।
असल बचत कर्ताबाट सुनहरी भुसाल, पम्फा बन्जाडे, र सन्तोष नेपाली सम्मानीत भएका छन । असल रिणीको तर्फबाट मिना पौडेल, लक्ष्मण महत र केसबराज बन्जाडे सम्मानीत भएका छन । उत्कृष्ट कर्मचारीको बसन्ता गुरुंग र असल तथा अनुशासित कर्मचारीको रुपमा सुमन खनाल सम्मानीत भएका छन । यस बर्षको साथी छात्रबृति भने पाणिनि बहुमुखी क्याम्पसमा स्नाकोत्तर तह द्धितीय बर्षमा अध्नरत छात्रा बिष्णु भुसाललाई प्रदान गरिएको सहकारीका अध्यक्ष प्रकाश भुसालले बताउनु भयो ।