विश्वको पहिलो महिला फर्मुला वान महिला कार चालक मारिया टेरेसाकाको ८९ बर्षको उमेरमा निधन

विश्वको पहिलो महिला फर्मुला वान महिला कार चालक मारिया टेरेसाकाको ८९ बर्षको उमेरमा निधन भएको छ । सन् १९५८ मा निजी कार प्रयोग गरी तीन वटा कार रेसमा भाग लिएकी मारिया पहिलो महिला फर्मुला वान चालक हुन् ।
उनले सन् १९५८ मा बेल्जियममा भएको ग्रा.प्रीमा भाग लिई दशौं स्थान हासिल गरेकी थिईन् । उनी आफना भाईहरुसँग ख्याल ख्यालमै तीब्र गतीमा गाडी हाँक्न सक्ने शर्त राखी कार रेसमा सहभागी भएको बताईन्छ । 
ग्रा.प्रीको ड्राइभर्स क्लबमा सामेल उनी सो क्लबको अध्यक्ष समेत बनेकी थिइन् । (एजेन्सी)