उत्तर कोरियाले हाइड्रोजन बमको सफल परिक्षण गरेको दाबी गरेको केहीदिन पछि नै अमेरिकाले दक्षिण कोरियामा बी-५२ बम बर्षक विमानको उडान गरेको छ ।
बी-५२ बम बर्षक विमानले उत्तर र दक्षिण कोरियाको सीमा नजिक उडान भरेको जनाइएको छ । उत्तर कोरियाको उत्तेजनापूर्ण कार्यको जवाफमा बम बर्षक विमानको उडान गराइएको अमेरिकाले जनाएको छ ।
अमेरिका दक्षिण कोरियाको दरिलो सहयोगी मुलुक हो । दक्षिण कोरियामा अमेरिकी सेनाको ठूलो बेश रहेको छ । उत्तर कोरियाली शासक किम जोन उनले अमेरिकासँगको आणविक युद्धबाट बचाउन आत्मरक्षाका लागि हाइड्रोजन बमको परिक्षण गरेको जनाएका छन् । (एजेन्सी)