स्पेनकी अधिराजकुमारी क्रिस्टिना सुनुवाइका लागि अदालतमा

स्पेनकी अधिराजकुमारी क्रिस्टिना सुनुवाइका लागि अदालत पुगेकी छन् ।
मुद्दा सामना गर्दै अदालत पुग्ने उनी स्पेनको पहिलो शाही सदस्य बनेकी छन् । पति इनाकी उर्डाङगारिनको अवैध धनको दुरुपयोग र मुद्रा छली जस्ता कार्यमा संलग्न रहेको भन्दै उनीविरुद्ध मुद्दा चलेको हो ।
अधिराजकुमारी क्रिस्टिना, उनका पति उर्डाङ्गारिनसँगै अन्य १६ जनामाथि सोही विषयमा मुद्दा चलेको छ । तर, उनीहरु सबैले आफूहरु निर्दोष रहेको जिकिर गरेका छन् ।
६१ लाख डलरको उक्त मुद्दामा दोषी ठहरिए ५० वर्षीया क्रिस्टिनाले आठ वर्षको काराबास सजाय भोग्नुपर्ने हुन्छ ।
पाल्मास्थित अदालतमा भएको सुनुवाइलाई स्पेनी शाही परिवारले लज्जाकोरुपमा लिएको जनाइएको छ ।
क्रिस्टिना उनको पतिको घर, जग्गा कम्पनी एइजोनको सन्चालक समितिको सदस्य रहेर काम गर्दै आएकी थिइन् । (एजेन्सी)