पाकिस्तानको क्वेटा पोलियो केन्द्रमा भएको विस्फोटमा कम्तिमा १४ जनाको मृत्यु

पाकिस्तानको क्वेटामा भएको विस्फोटमा कम्तिमा १४ जनाको मृत्यु भएको छ । बालबालिकालाई पोलियो खुवाउने केन्द्र बाहिर भएको विस्फोटमा अन्य २० जना घाइते भएका छन् ।
विस्फोटमा गरी मर्ने अधिकांश सुरक्षाकर्मी रहेको अधिकारीहरुले जनाएका छन् । बलुचिस्तान प्रान्तका एक मन्त्री शरफराज बुगटीले आफ्नो इलाकामा जाने विषयमा स्वास्थ्य कार्यकर्ताहरु सुरक्षाकर्मीलाई रिपोर्ट दिन गएका बेला विस्फोट भएको बताएका छन् ।
पाकिस्तानमा पोलियो उन्मुलन गर्न खटिएका कार्यकर्तालाई प्रहरीले सुरक्षा दिने गरेको छ । तालिवानले पोलियोविरुद्धको अभियानमा अवरोध गर्दै आएका छन् ।
यसअघि पनि पाकिस्तानमा पोलियो उन्मुलन गर्न खटिएकाहरुमाथि चरमपन्थीहरुले आक्रमण गर्दै आएका थिए । (एजेन्सी)