हंसपुरकी क्यान्सर पिडितको उपचारका लागि अर्घाखाँची मञ्च दक्षिण कोरियाद्वारा ८० हजार सहयोग

झबिन्द्र बेल्बासेबाट
हंसपुर, अर्घाखाँची । अर्घाखाँची  जिल्लाको हंसपुरकी एक ब्लड क्यान्सरबाट पिडित बालिकालाई अर्घाखाँची मञ्च दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ।
हंसपुर-४  निवासी   पिता रिम प्रसाद पौडेल र आमा कबिता पौडेलकी छोरी  रेजिना पौडेल लाई  ६ बर्षको कलिलो उमेरमै  ब्लड क्यान्सर  लागेपछि उपचार गर्न  कोरियामा रहेका अर्घाखाँचीबासीको सो संस्थाले ८० हजार रुपैया आर्थिक सहयोग गरेको हो । 
दक्षिण कोरियामा रहेर  परोपकारी कार्य गर्दै आएका अर्घाखाँची जिल्लाबासी लगायत  अन्यसँग  सहयोगको अपिल गर्दै जुटाईएको उक्त रकम  संस्थाका सल्लाहकार लेखनाथ पोख्रेलले  काठमाडौ स्थित बि एन्ड बि अस्पतालमा  उपचाररत बालिकाका आमाबाबुलाई उक्त रकम हस्तान्तरण  गरेका छन् । 
अर्घाखाँची सम्पर्क मञ्च कोरियाले विभिन्न  दु:ख पिडामा सहयोग गर्दै आएको संयोजक बाबुराम आचार्यले जनाएका छन् । कोरियामा  रहनुहुने सबैको हातेमालो र सक्रियतामा संस्थाले सहयोगका कार्य गर्न सफल भएको संस्थाका अध्यक्ष युबराज पाण्डेले बताए ।
  
छोरीको उपचारमा आर्थिक समस्या परेको जनाउदै  सहयोगको अपिल गरेका आमाबाबुले  आफ्नो पीडामा    बिदेशमा रहेर पनि  साथ दिनुहुने सबैमा आफुहरु आभारी रहेको भन्दै खुसी व्यक्त गरेका छन् । 

अन्य समाचारहरु