ठुलापोखरा, अर्घाखाँची (अर्घाखाँची डट्कम) । नेकपा एमाले अर्घाखाँचीले सन्चालन गरेको पार्टी प्रशिक्षण अभियान अन्तर्गत ठुलापोखरा गाबिसमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालको सविधान अधिकार, समाबेसीकरण र लोक्त्रन्त्रिक मुल्य मान्यताको सवालमा संसारकै उत्क् ष्ट सबिधान रहेको, समाजबादको प्रस्थान बिन्दुको र राष्ट्रिय सम्रिदीको प्रतिवद्ता समेत रहेको यो सबिधानले जनताको बहुदलितय जनवाद (जबज) को नितिलाई आत्मसाथ गरेकोले यो जबज मैत्री सविधान पनि भएको दावी गरेका थिए ।
यसैगरी वक्ताहरुले एमाले, कांग्रेस र माओवादीको बिचमा भएको ९ बुदे र १६ बुदे सहमती भारतको भूमिका बिना ३ राजनीतिक दलले नेपालमै गरेर सबिधान निर्माणमा भारतको कुनै भूमिका नदेखिएपछि भारतले नकाबन्दी लगायर दु:ख दिनुका साथै नेपालको आन्तरिक राजनीतिकमा हस्तक्षेप गर्न खोजेको तर राष्ट्रिय स्वाभिमानमा प्रधानमन्त्री केपी शर्मा ओलीको अडानका अगाडि अहिले आएर भारत झुकेको, भारतीय नकावन्दी र मधेश आन्दोलनको कारण सरकारले सोचे जस्तो काम गर्न नसकेपनि राम्रो सुधारका कामको योजना अगाडि सरेको बताएका थिए । हिजो नेकपा एमालेको सरकारले गाबिसमा ३ लाख दिने, बृद्धा भत्ता दिने कार्यक्रम ल्याउदा देशको सम्पत्ति कनिका छर्किए झै गरेको भन्नेहरु नै अहिले केपी ओलीको योजनालाई फेरी खिल्ली उडाउने गरेको बताएका थिए ।
कार्यक्रममा एमाले जिल्ला कमिटी उप सचिव प्रेम नारायण गैरेको प्रमुख आतिथ्यता, जिल्ला कमिटी सचिवालय सदस्य भविश्वर पाण्डे र सालीक राम आचार्यको विषेश आतिथ्यता, गाउँ कमिटी अद्क्ष्य धर्मराज पाण्डेको अध्यक्षता, गाउँ कमिटी सचिव बिष्णु पाण्डेको सन्चालन र गाउँ कमिटी सदस्य प्रेम पाण्डेको स्वागत मन्तय्वमा सम्पन्न भएको थियो ।