इरान र चीनले आर्थिक र राजनीतिक सम्बन्ध थप सुदृढ गर्ने

इरान र चीनले आर्थिक र राजनीतिक सम्बन्ध थप सुदृढ गर्ने भएका छन् ।
तेहरान भ्रमणमा क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ र इरानी राष्ट्रपति हसन रुहानीबीच भएको वार्तापछि सम्बन्ध थप सुदृढ गर्ने सहमति भएको हो ।
६ खर्ब डलरको व्यापार विस्तारलगायतका विषयका सम्बन्धमा दुई नेताले १७ बुँदे समझदारीमा हस्ताक्षर गरेका छन् ।
 
इरानी राष्ट्रपति रुहानीले चिनियाँ राष्ट्रपतिले विस्तृत २५ वर्षे रणनीतिक दस्तावेजमा हस्ताक्षर गरेको जानकारी दिए । चीन इरानको ठूलो व्यापारिक साझेदार हो ।
गत हप्ता अन्तर्राष्ट्रिय समुदायले इरानविरुद्धको प्रतिबन्ध हटाएपछि तेहेरान पुग्ने सी पहिलो विदेशी नेता बनेका छन् ।
इरानले आफ्नो आणविक गतिविधिलाई सीमित गर्ने सहमति गरेको थियो । (एजेन्सी)