ढिकुरा, अर्घाखाँची । नेपाली कांग्रेसको तेह्रौ महाधिवेशन नजिकिदै गर्दा स्थानिय नेताहरु अर्घाखाँचीका गाँउ-गाँउमा पुगेर आफ्नो प्रचार बाजीमा व्यस्त रहेका छन् ।
ढिकुरा गाबिसमा कार्यकर्ता भेटघाट कार्यक्रममा । तस्बिर: सुर्य भुसालबाट
यसैक्रममा अर्घाखाँची जिल्लाको ढिकुरा गाबिसमा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
यस पटक ढिकुरामा सभापतिका लागि चार जना प्रतिष्पर्धा रहेका छन । जस मध्ये युवा नेता तथा समाजसेवी उमेश घिमिरे, हरी प्रसाद दमासे, तारा प्रसाद घिमिरे, रामप्रसाद भुसाल रहेका छन् ।
यस पटक कांग्रेसमा पत्रकारको पनि जिल्ला कार्य समितिमा प्रेश युनियनका सभापति सूर्य प्रसाद भुुसालले उमेद्धवारी दिने भएका छन् ।
यतिबेला अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कका चोक, गल्ली, चिया पसलमा मात्र हैन गाँउ गाँउका चोक र चौताराहरुमा पनि काग्रेस महाधिवेसन र जिल्ला अधिवेसनमा को सभापति बन्छ भन्ने बिषयको चर्चा हुने गरेको छ ।
यस वर्ष सबै भन्दा जिल्लाको सन्धिखर्क नगरपालिका, ढिकुरा, ठाडा, नरपानी गाविसमा बढि चहलपहल बढेका छ ।
Basanta Shrestha Chhapeli in Arghakhanchi contributed to this report.