सुवर्णखाल, अर्घाखाँची (अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाको सुवर्णखाल गाबिसमा जग्गाको लालपुर्जाको प्रमाणपत्र वितरण गरिएको छ ।
१२ वर्षपछि सुवर्णखाल गाबिसका ७ र ८ वार्डमा जग्गाको लालपुर्जाको प्रमाणपत्र वितरण गरिएको हो ।
सुवर्णखालमा सम्पन्न लालपुर्जाको प्रमाणपत्र वितरण कार्यक्रममा एमाले सभासद दुमन थापाका साथै प्रमुख जिल्ला अधिकारी , जिल्ला विशेष नापीका कर्मचारी लगायत पत्रकार, दलका नेताहरु उपस्थिती रहेको थियो । स्थानियले गाउँमै पुर्जा दिन आएको खुसीयालीमा उनिहरुलाई फुलमाला र अभिरले स्वागत गरेका थिए ।
गाउँ मै कर्मचारी केही महिना देखी खटिएका थिए । सबै प्रमाण उतारेपछि पुर्जा दिईएको हो ।
२०५९ र ०६१ मा तत्कालिन विद्रोही माओवादीले सदरमुकाम आक्रमणमा परी सबै कागजपत्र जलेर नष्ट हुँदा जिल्ला नक्सा विहीन भएको थियो । त्यसपछि २०६८ मा विशेष नापी कार्यालय स्थापना भएपनि ०६९ बाट काम गरेको थियो ।
त्यसपछि १२ वर्षसम्म अर्घाखाँची नक्सा विहीन बनेको थियो । नापी र मोलपोत कार्यालयमा जग्गाधनीको फिलबुक पुर्जा स्रेस्ता लगायतका प्रमाण डिजिटल प्रविधिमा राखिएको छ । १६ वर्ष देखी ९० वर्षका सम्म पुर्जा लिने छन ।
जिल्लाभर ०४०-४२ सालमा नापी भएको थियो । त्यतिबेला ४० हजार ५ सय ५६ जना जग्गाधनी थिए, अहिले डेढ लाख हुनसक्ने अनुमान छ । त्यतिबेलाको तथ्याकं अनुसार कित्ताको संख्या २ लाख ३५ हजार ३ सय ९२ थियो अहिले १० लाख हुनसक्ने, यसरी बढनुको कारण अंशबण्डा, जमिन खण्डिकरण हुनु र बढदो शहरीकरण त्यसमा प्लटिङ भएको नापी र मोलपोत अधिकारीहरुको भनाई छ ।