अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि औपचारिक रुपमा रिपब्लिकन र डेमोक्रेटिक पार्टीका उम्मेदवार आयोवा राज्यमा भेला

अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि औपचारिक रुपमा रिपब्लिकन र डेमोक्रेटिक पार्टीका उम्मेदवार आयोवा राज्यमा भेला भएका छन् ।
गत महिनादेखि शुरु भएको चुनावी प्रचार प्रसारका क्रममा दुबै पार्टीका उम्मेदवारहरुले धेरै राज्यमा आफ्नो चुनावी प्रचार प्रसार समाप्त गरिसकेका छन् ।
रिपब्लिकन पार्टीका उम्मेदवार अमेरिकी अर्वपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिका पार्टीका उम्मेदवार हिलारी क्लिन्टनले आ-आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।
३० लाख मतदाता भएको आयोवा राज्यमा यी दुबै उम्मेदवारले आ-आफ्नो जित सुनिश्चित गर्ने अपेक्षाका साथ जनताको मत जित्ने प्रयास जारी राख्ने छन् ।
यद्यपी मुश्लिम समुदायलाई अमेरिका प्रवेशमा रोक लगाउनुपर्ने प्रतिक्रियाका कारण बिबादमा मुछिएपछि ट्रम्पको लोकप्रियता केही हदसम्म कम भएको थियो ।
त्यसो त तेस्रो नम्बरमा रहेका मार्को रुबियोको पकड पनि केही हदसम्म बलियो हुँदै गएको विश्लेषकहरुको अनुमान छ । आयोबा राज्यमा हुने अन्तिम चुनाव प्रचार प्रसारलाई ककस भन्ने प्रचलन छ । जुन घण्टौंसम्म चल्ने छ । (एजेन्सी)