भिडियो-फोटो फिचर:- के भने बिजुलीमन्त्री टोप वहादुर रायमाझीले अर्घातोसमा सम्पन्न लालपुर्जा वितरण कार्यक्रममा ! खनदहमा उपप्रधानमन्त्री
माघ २० गते, २०७२ मा प्रकाशित
डिल्लीराज घिमिरे
अर्घातोस, अर्घाखाँची । नेपाल सरकार भूमीसुधार तथा व्यवस्था मन्त्रालय विशेष नापी कार्यालय अर्घाखाँचीले मंगलवार एक भव्य कार्यक्रमका साथ अर्घाखाँचीको अर्घातोसमा जग्गाधनी प्रमाण पत्र लालपुर्जा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
विशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख मोहम्मद सावीर हुसैनको अध्यक्षता, नेपाल सरकारका उप प्रधानमंत्री तथा उर्जा मन्त्रि टोप वहादुर रायमाझी प्रमुख अथित्यता प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल,स्थानिय विकास अधिकारी लक्ष्मी पाण्डेको विशिष्टत्यका रहेको कार्यक्रममा
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक कमल खरेलको जिल्ला स्थिति विभिन्न राजनितीक दलका प्रतिनिधि सहित समाजसेवी र पत्रकारहरुको अाथित्यता रहेको कार्यक्रमको संचालन यस नापी कार्यालयका लेखापाल गोविन्द राज पौडेलले गर्नु भएको थियो ।
कार्यक्रम प्रमुख अथिती विशिष्ट अथिती पत्रकार लगायतको मन्तव्य रहेको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले २०७२ साल वैशाख महिना भन्दा अगाडी विशेष नापी कार्यालयले स्थलगत रुपमा नगईकनै २०४१/४२ सालको नापीको नक्सा खोजी यसैलाई प्रतिलिपि उतारी पुर्ज़ा र नक्सा तयार गर्दथ्यो तर २०७२ वैशाखवाट भने यस कार्यालयले स्थलगत रुपमा पुन नापी गरी जिल्ला भर भएका सवै वाटोको संजाल,वस्ती लगायत विकास निर्माणको कामहरु जस्ताको तस्तै नक्सामा उतार गरी नारजाँच गर्ने हुनाले यो आम जनताको लागी अत्यन्त उपयोगी रहेको वताउनु भएको थियो ।
यसै कुरालाई मध्यनजर गर्दै जिल्लामा भएको सर्वदलीय वैठकको निर्णय अनुसार अघिल्लो नापीवाट तयार भएको पुर्ज़ा वितरण कार्य पुर्णतया रोकी जिल्लाभर पुन नापी गर्ने निर्णय अनुरुप काम भईरहेको वताउदै यो कार्य प्रभावकारी तवरले अगाडी वढेकोमा खुसी व्याक्त गर्नु भएको छ । यस्तै प्रमुख अथिती मन्त्री रायमाझीले जिल्लाभर नै यसरी काम भईरहदा जनतामा सकरात्मक संदेश गएको वताउदै आफ्नोतर्फवाट सदैव जिल्लाको विकास निर्माणको क्षेत्रमा सहयोग र सहकार्य रहने प्रतिवद्धता समेत जनाउनु भएको थियो ।
नेपाल सरकार भूमीसुधार तथा व्यावस्था मन्त्रालय अन्तर्गत रहेको विशेष नापी कार्यालय अछाम र अर्घाखाँची जिल्लामा संचालन गरेको जग्गा पुनर्जाँच कार्यक्रममा टोलीले धेरै क्षेत्रमा काम गरिरहेको जनाईएको छ ।
कार्यक्रममा अर्घातोस गावीसमा भएको सवै सार्वजनिक स्थानको लालपुर्जा प्रमुख जिल्ला अधिकारीलाई वितरण गरिएको छ भले गावीसवासी सवैलाई तीन दिनभित्र वितरण गरी सकिने गरी टोली खटाईएको छ । लालपुर्जामा कुनै पनी समस्या देखिएको खण्डमा तत्काल विशेष नापी कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्दै विशेष नापी कार्यालय प्रमुख हुसैनले कार्यक्रम समापन गर्नु भएको थियो ।
तस्वीर: डिल्लीराज घिमिरे/अर्घाखाँची डटकम
अार्दश उ.मा.बि.खनदहमा उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री टाेप बहादुर रायमाझी