सिरियाको एलोप्पो शहरमा रुसी सेनाको हवाई हमलाका कारण ७० हजार सर्वसाधारण टर्कीमा शरण लिन पुगेका छन् ।
पछिल्लो समय रुसी सेनाले सिरियाली सेनालाई दिएको साथका कारण थप मारमा परेपछि सर्वसाधारण पलायन हुन बाध्य भएका हुन् ।
सिरियाको बिभिन्न शहरमा बन्धकसरह रहन बाध्य सर्वसाधारण रुसी सेनाको हवाई हमलाको शिकार बन्न थालेपछि टर्कीतर्फ पलायन भएका हुन् ।
टर्कीका प्रधानमन्त्री अहमत डाभुटोग्लुले सिरियाली जनता मारमा परेका कारण आफ्नो देश प्रवेश गरेको बताउँदै उनीहरुको ब्यबस्थापन टर्की सरकारका लागि थप चुनौती रहेको बताए ।
सिरिया र इराकबाट पलायन भएका सर्वसाधारणको संख्या अत्यधिक भएको जानकारी दिंदै उनले यसका लागि आर्थिक सहायता आवश्यक भएको औंल्याए ।
सिरियाली सरकारको बिरोधमा बिगत केही बर्षदेखि संघर्ष गर्दै आएका सिरियाली जनता इस्लामिक आतंकवादी समूह आईएसको हमलाको पनि शिकार बन्दा थप मारमा परेका छन् । (एजेन्सी)