खन खलकटेराकी कमला बिक बेपत्ता भएको ११ वर्षपछि घर फर्किन्

खन, अर्घाखाँची (अर्घाखाँची डट्कम) ।  अर्घाखाँची जिल्लाको खन-५, सिलिमडाँडा, खल कटेराकी कमला बिक बेपत्ता भएको ११ वर्ष पछि घर फर्केकी छन् । उनी र उनको घरमा यतिबेला खुशी फर्केको छ । 
हर्षका आशु: दाई जनक विक (बिच) सँग कमला । तस्बिर: मनोज चन्द्रानबाट 
कमला भारतको उत्तराखन्ड राज्यको देरादुनमा फेला परेको समाचार अर्घाखाँची डट्कममा प्रकासित भएकोले यो सम्भव भएको हो । सामाजिक कल्याण मन्त्रालय, उत्तराखन्ड सरकारका मनोज चन्द्रान भन्ने एक कर्मचारीले जानकारी गराए अनुसार करिव ७ वर्ष ( सन् २००९, अप्रिल)  तिर हरिद्दारमा फेला परेकी  कमला देरादुनको  नारी निकेतन भन्ने एक आश्रय घरमा बस्दै आएकी थिईन । उनी ११ वर्ष देखि बेपत्ता भएकी थिईन, त्यो बिचको ३ वर्ष कहाँ बसिन् उनले अझै बताएकी छैनन । उनलाई कसले जिल्लाबाट देरादुन पुर्याएको हो भन्ने पनि थाहा हुन सकेको छैन । 
डट्कममा समाचार प्रकासित भएको  २४ घण्टामा नै उनका आफन्तहरुको पहिचान भएको थियो । सोही अनुसार डट्कमका दिल्ली प्रमुख बाबु रोका मगरको सहजिकरणले उनलाई लिनको लागि अर्घाखाँचीको खनबाट उनका दाई जनक विक र गाउँले ईन्द्र मणी रिजाल देरादुन पुगेका थिए । त्यहाँ शुरुमा आफ्नो दाईलाई ११ वर्ष पछि भेट्दा कमलाको खुशीको सिमा थिएन, दाई-बहिनी हर्षका आशु झारेका थिए । उनिहरु गत आईतावार देरादुनको नारी निकेतनबाट नेपाल फर्केका थिए ।
  
हर्षका आशु: दाई जनक विक (बाँया) सँग कमला । तस्बिर: मनोज चन्द्रानबाट 
यस्तो उपकारको काम गर्ने मौका पाएकोमा आफुहरु असाध्यै खुशी भएको बताएका मनोज चन्द्रानका अनुसार  वर्षौ सम्म कमलालाई देरादुनको उक्त आश्रय घरमा सबै हेरचाह, औषधी उपचार नियमित राम्रो भएको थियो । उनको हल्का मानसिक अवस्था ठीक नहुँदा त्यहाँका  कर्मचारीले घर, परिवारको पहिचान गर्न सकेका थिएनन् । उनी प्राय एकहोरो टोलाएर बस्ने गर्थिन् । अहिले भने सम्पूर्ण स्वास्थ्य अवस्था सामान्य छ ।  
डिभर्ना -१ ( अहिलेको सन्धिखर्क नगरपालिका – १४ ) का भेष बहादुरसँग बिहे गरेकी कमला ३ वर्ष घरजम गरेको थिईन्, त्यसपछि श्रीमानसँग दिल्ली गएर बसेकी थिईन र केही समयको बसाईपछि उनको हल्का मानसिक अवस्था ठीक नहुँदा भेष बहादुरले घरमा लगेर राखेका थिए तर सोही समयमा नै श्रीमानले अर्की श्रीमती भित्राएका थिए । त्यसको केही समय पछि माईत गएर बसेकी कमला, दिदीको घर जान्छु भनेर हिंडेकी थिईन् । तर नत दिदीको घरमा गईन् नत माईती घर फर्किन् । उनको खोजी गर्दा गाउँमा सबैले आशा मरेर बसेका थिए । गरिवीताको कारणले उनका बुवा टिका बहादुर विश्वकर्मा कोही गएर खोज्न, प्रहरीलाई जानकारी गराउन जान समेत सकेनन् ।  
देरादुनको नारी निकेतन  आश्रय घरबाट कागजी प्रकृया पछि विदा हुँदै फर्कने क्रममा ।  तस्बिर: मनोज चन्द्रानबाट
उता आमा कौसल्या विश्वकर्मा लामो समय सम्म छोरी नभेटिदा ठुलो चिन्तामा थिईन्, उनको ४ वर्ष अघि मृत्‍यु भईसकेको छ । तर कमलाले आमा खै भनेर बारम्बार सोध्ने गरेता पनि घुम्न गएको छ भनेर बताउदै आएका छौ, दाई जनकले भने; घरमा अहिले एक बाबु मात्र छन् । दाई-भाई छुट्टीएर बसेका छन् । उनिहरुको आर्थिक अवस्था सार्है कमजोर छ । देरादुनको  नारी निकेतनले दिएको औषधी अहिले सम्म खुवाएका छौ, अब लेखिदिएको दवाई किन्न पैसा नभएको पनि जनकले बताए । 
अहिले कमला घरमा आफ्ना बुवासँग खुशीसाथ बसेकी छिन्, बुवा- गाउँले छरछिमिकीसँग पुराना कुरा शेयर गर्छिन् । छोरीको आशा मारेर बसेका थियौ, तर एक्कासी भारतमा छे रे भन्दा धेरै धेरै खुशी भयौ, जीवनको खुशी यही नै हो, बुवा टिका बहादुरले भने । छोरीलाई यतिका वर्ष सम्म हेरचाह गर्ने र घर फर्काउन सहयोग गर्नेलाई धन्यवाद, भगवानले राम्रो गरुन, उनले भने ।     

अन्य समाचारहरु