पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफ अस्पताल भर्ना

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफ अस्वस्थ भएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन् । स्वास प्रस्वासमा समस्या भएपछि उनलाई अस्पतालको सघन कक्षमा भर्ना गरिएको हो ।
पाकिस्तानको अलशिफा अस्पतालमा भर्ना गरिएका मुसर्रफको मुटुमा केही समस्या देखा परेको उपचारमा संलग्न चिकित्सकको भनाई छ ।
 गम्भीर राजद्रोहको मुद्दा खेपिरहेका मुसर्रफलाई विदेश जान प्रतिबन्ध लगाइएको छ । (एजेन्सी)