फिजीमा शक्तिशाली तुफान विस्टन आउन सक्ने भन्दै सर्वसाधारणलाई सचेत रहन मौसमविद्हरुले अपील गरेका छन् ।
३ सय २० किलोमिटर प्रतिघण्टाको बेगमा हावा चल्नुका साथै भारी बर्षा र १२ मिटरको उचाईमा लहर चलेपछि सर्वसाधारणलाई सचेत तुल्याइएको हो । भारी बर्षा र हावाका कारण सम्पूर्ण उडानहरु रद्द गरिनुका साथै देशमा कफ्र्यु आदेश जारी गरिएको छ ।
यसैबीच फिजीका प्रधानमन्त्री फ्रैक बैनाीमारामाले देश कठिन परिस्थितिमा रहेकाले धैर्यधारण गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । शक्तिशाली तुफान भोलिसम्म जारी रहने मौसमविद्हरुले चेतावनी दिएका छन् । (एजेन्सी)