अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकनका ट्रम्पले नेवेदामा भएको प्रारम्भिक चुनावमा जित हासिल

अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका आकांक्षी डोनाल्ड ट्रम्पले नेवेदामा भएको प्रारम्भिक चुनावमा जित हासिल गरेका छन् । उनले नेवेदामा ४२ प्रतिशत मत हासिल गर्दै अन्य प्रतिष्पर्धीलाई पछाडि पारेका हुन ।
उनका निकटतम प्रतिद्वन्द्वी मार्को रुबियोले २५ प्रतिशत मात्रै मत ल्याएका हुन । ल्याटिन अमेरिकी जनताको बाहुल्यता रहेको उक्त राज्य पनि प्रारम्भिक चुनावका लागी महत्वपूर्ण मानिन्छ ।
यो संगै ट्रम्पको यो तेस्रो जित हो । यसअघि ह्याम्पसायरमा भएको प्रारम्भिक चुनावमा पनि ट्रम्पले नै जीत हासिल गरेका थिए । आजको जीतसँगै ट्रम्पलाई दक्षिण क्यारोलाइनामा हुने मतदानमा समेत फाइदा पुग्ने विश्वास गरिएको थियो ।
अमेरिकामा मुस्लिमलाई प्रवेशमा रोक लगाउनुपर्ने धारणा राख्दै आएका ट्रम्पले प्रारम्भिक चुनावहरुमा एकपछि अर्को सफलता हात पार्दै आएका छन् ।
आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि अहिले अमेरिकामा मूख्य प्रतिष्पर्धी रिपब्लिक र डेमोक्रेटहरुले उम्मेदवार छनौटका लागि अभियान चलाइरहेका छन् । (एजेन्सी)