उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने चीनको समर्थनप्राप्त प्रस्तावको मस्यौदासुरक्षा परिषदमा पेश

उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने चीनको समर्थनप्राप्त प्रस्तावको मस्यौदा अमेरिकाले राष्ट्रसंघको सुरक्षा परिषदमा पेश गरेको छ ।  नयाँ प्रतिबन्ध अनुसार उत्तर कोरियाबाट वाहिरिने र भित्रिने मालसामानको निरीक्षण गर्ने र उसलाई हातहतियार बिक्री गर्न पूर्णरुपमा बन्देज लगाउने प्रस्ताव गरिएको छ ।
नयाँ प्रस्तावअनुसार अब पहिलो पटक राष्ट्रसंघका सदस्यहरुले उत्तर कोरिया पठाईने वा त्यहाँबाट आउने कुनैपनि सामानको बिस्तृत जाँच गर्नुपर्ने छ ।
राष्ट्रसंघका लागि अमेरिकी राजदुत समान्था पावरका अनुसार पछिल्लो प्रस्ताव २० वर्ष यता सबैभन्दा कडा प्रतिबन्ध हो । इतिहासमै पहिलो पटक उत्तर कोरियाबाट बाहिरिने र भित्रिने सामानहरुको अनिवार्य निरीक्षण गरिने छ ।
मस्यौदा प्रस्तावमाथि आगामी साताको अन्त्यमा मतदान हुने अपेक्षा गरिएको छ । उत्तर कोरियाले गएको फेब्रुअरीमा गरेका लामो दूरीका रकेट प्रक्षेपण र जनवनरीमा गरेको परमाणु परिक्षणका कारण राष्ट्रसंघीय प्रस्तावहरुको् उल्लंघन गरेको भन्दै घोर भर्त्सना गरिएको थियो । (एजेन्सी)