कोसोभामा चर्को विरोधकाबीच विदेशमन्त्री हशिम थासी राष्ट्रपतिमा चुनिएका छन् । पहिलो दुई पटकका मतदान अनिर्णित भएपछिको तेस्रो मतदानमा थासीले सामान्य बहुमत प्राप्त गरेका हुन ।
राजधानी प्रिस्टिनामा भएको मतदानमा केही विपक्षी सांसदहरुलाई भने संसद भवनमा अश्रुं ग्यास प्रहार गरेपछि मतदानमा भाग लिन प्रतिबन्ध लगाइएको थियो ।
सर्वियाबाट कोसोभा स्वतन्त्र हुनु अघि भएको संघर्षमा ४७ वर्षिय थासी गुरिल्ला नेता थिए । कोसोभाले सन् २००८ मा सर्वियाबाट स्वतन्त्र भएको स्वघोषणा गरेको थियो ।
सर्विया र विश्वका अरु धरेै मुलुकले कोसोभलाई अझै स्वतन्त्र राष्ट्रको मान्यता दिएका छैनन् । कोसोभामा सन् १९९९ देखि नेटो शान्ति सेना तैनाथ छ । (एजेन्सी)