ग्वाटेमालामा सेनाका दुई जना पूर्व अधिकृतलाई ३ सय ६० वर्षको जेल सजाय

ग्वाटेमालामा मानव अधिकार उल्लंघनको अभियोगमा सेनाका दुई जना पूर्व अधिकृतलाई ३ सय ६० वर्षको जेल सजाय दिइएको छ ।
अदालतद्धारा जेल सजाय सुनाइएकाहरुमा पूर्व सैन्य कमाण्डर फ्रान्सिस्को रियेस गिरोनले १ सय २० वर्ष र सैन्य कमिस्नर हेरिबर्टो भाल्देज आसिजले २ सय ४० वर्षको सजाय पाएका छन् ।
उनीहरुमाथि बलात्कार, यौन दूव्र्यहार र आदिवासी महिलाहरुको हत्या गरेको आरोप लगाइएको थियो । ग्वाटेमालामा सन् १९८२ को सशस्त्र संघर्षका क्रममा भएको यौन हिंसाका घटनामा सजाय दिइएको यो पहिलो घटना हो । (एजेन्सी)