यमनको राजधानी सना नजिकको एक बजारमा गरिएको हवाई आक्रमणमा ३० जना मारिए

 यमनको राजधानी सना नजिकको एक बजारमा गरिएको हवाई आक्रमणमा ३० जना मारिएका छन् ।
घटनामा अरु ३० जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । मारिने अधिकांशमा सर्वसाधारण नागरिक छन् । हवाई आक्रमण कसले गरेको भन्ने खुलेको छैन ।
हुथी विद्रोहीले भने आउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले आक्रमण गरेको आरोप लगाएको छ । गठबन्धन सेनाले यस बारेमा केही बताएको छैन । 
हुथी विद्रोहीको नियन्त्रणमा रहेको सनाको उत्तरपूर्वी क्षेत्र नेहममा आक्रमण गरिएको हो ।
साउदी अरेबिया नेतृत्वको सेनाले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहप्रति प्रतिबद्ध रहेका विद्रोहीलाई परास्त गरेर वर्तमान राष्ट्रपति अब्द रब्बु मन्सुर हादीको सरकार स्थापित गर्ने उद्देश्यले आक्रमण गर्दै आएको छ ।
गत वर्षको मार्चदेखि गठबन्धन सेनाले यमनमा आक्रमण गर्दै आएको हो । यसक्रममा अहिलेसम्म ६ हजारभन्दा बढी मारिइसकेका छन् । (एजेन्सी)