बेलायत ईयूबाट बाहिरिए विश्व अर्थतन्त्रमा ठूलो धक्का पुग्ने

विश्वका प्रमुख अर्थतन्त्र भएका देश जी ट्वेन्टीका नेताहरुले वेलायत यूरोपेली युनियनबाट बाहिरिने-नबाहिरिनेसम्बन्धमा चलिरहेको बहसमा आफ्नो सरोकार राखेका छन् ।
चीनमा भएको ती देशका अर्थमन्त्रीहरुको दुई दिने बैठकले बेलायत ईयूबाट बाहिरिए त्यसले विश्व अर्थतन्त्रमा ठूलो धक्का पुग्ने निष्कर्ष निकालेका हुन् ।
बेलायतले ईयू छोडेमा त्यसले विश्व अर्थतन्त्रका लागि ठूलो झट्का हुने उनीहरुले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
बेलायतले ईयूको पनुर्संरचना प्रस्तावमा सहमति नभए आफूले ईयू छाड्ने बताउँदै आएको छ । जी ट्वेन्टीका चान्सलर जर्ज ओस्बोर्नेले ईयूको पुनर्संरचना प्रस्तावमा ढिलाइ हुनु निकै गम्भीर हुने बताए ।
केही देशले भने बेलायत ईयूबाट अलग्गिँदैमा त्यसले विश्व अर्थतन्त्रलाई असर नगर्ने बताएका छन् ।
बेलायती प्रधानमन्त्री बेलायतलाई व्यापारसहितका अरु विभिन्न विषयमा विशेष व्यवस्थासहितको ईयू पुनर्संरचना प्रस्ताव पारित गराउने पक्षमा छन् । (एजेन्सी)